Techie IT
सोमबार, वैशाख ८,२०८२

सांगितिक उचाईमा गायक दिनेश थापा ‘बोली नफेर’ बजारमा


पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । पुर्व मेची देखी पश्चिम महाकालीसम्म नेपाली दोहोरी गित पछिल्लो समय निकै रुचाईएको छ । यसै क्रममा नेपाली गायन क्षेत्रको यात्रामा सबैले रुचाईएको लोकप्रिय नाम हो दिनेश थापा ।

विगत डेढ दशक भन्दा लामो समय देखी संगित यात्रामा निरन्तर अघि वढेका थापा पछिल्लो समय निकै व्यस्त गायक एवम् कलाकारको रुपमा परिचित छन् । गित गाऊन, सुर्जना गर्न एवम् मोडेलिङ्गमा निकै व्यस्त देखिने थापा पछिल्लो समय लाईभ दोहोरीमा समेत देखिन थालेका छन् । अपार दर्शक स्रोताहरुको माया र समर्थनले थापा सधै लोकप्रिय नै छन् ।

दिनेश थापा पछिल्लो समय स्टेजमा व्यस्त हुने कलाकार मध्य एक व्यस्त स्टेज प्रफमर हुन् । उनमा गित गाऊनुका साथै उद्घोषण गर्ने क्षमता गर्ने अदभुत क्षमता छ । उनि स्टेज चढेपछि दर्शकस्रोताहरुलाई नचाएर छोड्छन् । उनको सुन्दर गायकी र उत्कृष्ट प्रस्तुतिकै कारण जुन मेला महोत्सवहरुमा पुगे पनि दर्शक स्रोताहरुको अपार माया पाऊने गर्छन् । वान्स मोर वान्स मोर ! भन्ने हुटिङले उनलाई गायनमा लागेको ऒचित्य पुरा गरेको बताऊछन् ।

थापा गित संगितमा मात्रै नभई सामाजिक क्षेत्रमा पनि निकै अग्रस्थानमा छन् । उनले विभिन्न संघ संस्थाको नेतृत्व गर्दै सस्थालाई सफल बनाऊन पनि  महत्वपुर्ण भुमिका खेलेका छन् । थापा सामाजिक कार्यहरुमा निकै अग्रसर भएरै होला उनले विभिन्न समय कालखण्डमा राष्ट्रिय स्तरका सम्मानहरु, अवार्डहरु हात पारेका छन् । गायन क्षेत्रमा पनि थापाको चर्चा परिचर्चा छुट्टै किसिमको छ । कसैसंग पनि कहिल्यै नरिसाऊने, निकै मिलनसार, अनुशासित एवम् सबैका प्रिय पात्र बनेका थापालाई बच्चा देखी बुद्धसम्म सबैले रुचाऊछन् । उनको यहि क्षमताले गर्दा नयाँ पुस्ताका लागि प्रेरणको स्रोत पनि बनेका छन् ।

दर्शक स्रोताको अपार माया पाएका थापा बढि जसो मेला महोत्वसमै व्यस्त देखिन्छन् । सयौं गितमा आफ्नो सुमधुर आवाज भरेका थापाले दर्जनौं गितमा अभिनय पनि गरेका छन् । उनले जति मिठो गित गाऊछन् त्यति नै राम्रो अभिनय संगै नृत्य गर्ने गर्छन् । थापाले लाईभ दोहोरीको क्रेज बढेसंगै दर्शकस्रोतालाई मनोरन्जनका लागी गोरकाली रमाईलो घर पनि संचालनमा ल्याएका छन् । बाचुन्जेलसम्म गितसंगितमा नै समर्पित रहेर नेपाली कला संस्कृतिको क्षेत्रमा समर्पित रहने चाहाना रहेको गायक थापाले बताए ।

टिपिकल लोक लयका गित संगितमा रमाऊने थापाले पछिल्लो समय नयाँ कोसेली ‘बोली नफेर’ लिएर आएका छन् । केही बर्ष अगाडी Music Nepal युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गितलाई थापाले एक हप्ता अघि मात्रै आफ्नै अफिसियल युटुव मार्फत रि अपलोड गरेका हुन् ।

चोली फेर मायाले बोली नफेर, आज लाको पिरती भोली नफेर बोलको गितले थापाको सांगितिक करियरलाई नै युट्रन गरेको थियो । लोकप्रिय दोहोरी गायिका चन्दा अर्यालले उनलाई स्वरमा साथ दिएकी थिईन भने गितमा गितकार एवम् सर्जक एक नारायण भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको थिए । प्रेमिकल जोडीहरुको मायाप्रेमको कथाबस्तु दर्शाईएको उक्त गितको अडियो भिडियो दुवै उत्कृष्ट थिए भने धेरै दर्शक स्रोताहरुले सर्वाधिक रुचाएका थिए । गितको म्युजिक भिडियोमा पनि थापाले आफै अभिनय गरेका छन् भने उनलाई डल्ली सरकारले नाचेर साथ दिएकी छिन् ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #दिनेश थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545