मोटरसाइकल चोरहरुको जालो तोड्दै एसपी अधिकारी : ६ जना पक्राउ

चितवन । मोटरसाइकल चोरी गरेको मोटरसाइकल खरिदबिक्री गरेको आरोपमा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रहरी प्रमुख (डिएसपी) नरहरी अधिकारीका अनुसार चितवन जिल्लालगायत विभिन्न स्थानहरुबाट स्कुटर तथा मोटरसाईकल चोरी गरी खरिदबिक्री गरेको आरोपमा छ जनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १६ घर भई हाल सोही ठाउँको ११ बस्ने २२ बर्षीया संकल्प पनेरु, बाग्लुङ जैमिनी ८ घर भई भरतपुर महानगरपालिका ११ बस्ने २४ बर्षीया जीवन पौडेल, माडी नगरपालिका ९ बस्ने बर्ष ३१ को विजय दुरा, भरतपुर महानगरपालिका २४ बस्ने २५ बर्षीया जनमराज पुरी र मकवानपुर मनहरी ३ घर भई भरतपुर महानगरपालिका २४ बस्ने २१ बर्षीया सुशिल पुरी रहेका छन् ।
पनेरु र पौडेलले चोरी गरिएको मोटरसाइकललाई भरतपुर महानगर ९ मा रहेको आफ्नो डेरामा ल्याई ना ५६ प ७६४६ नंम्बरको बुलेट मोटरसाईकल, ग २२ प ६६९३ नंम्बरलाई परिवर्तन गरी बाग्मती प्रदेश ०३ ००१ प ८९५ को नंम्बर प्लेट लगाईएको अवस्थामा क्रसफायर मोटरसाईकलसहित नियन्त्रणमा लिइएको बताइएको छ ।
पनेरु र पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरेको प्रहरीले ३६ हजार रुपैयाँमा चोरीको मोटरसाइकल बेच्ने दुरालाइ समेत पक्राउ गर्न सफल भएको हो । असार १२ गते पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको क्रसफायर मोटरसाईकल बेच्ने माडी नगरपालिका ९ बस्ने दुरालाई प्रहरीले पक्राउ गरेको निमित्त प्रहरी प्रमुख नरहरी अधिकारीले बताए ।
त्यस्तै, असार ९ गते अभियुक्तहरुले भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३-०४ प ४७१८ नंम्बरलाई प्रदेश ३ -०३-००१ प २८८८ नंम्बर परिवर्तन गरी नंम्बर प्लेट लगाईएको बुलेट मोटरसाइकल भरतपुर २४ बस्ने जमनराज पुरी र मकवानपुर घर भई भरतपुर २४ बस्ने सुशिल पुरीले बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि उनीहरुलाई खरिद गरेको बुलेट मोटरसाइकलसहित पक्राउ गरीएको बताए ।
यता, जेठ ३ गते भरतपुर २ क्षेत्रपुरबाट चोरी भएको मोटरसाइकलसहित राजेश पासवान लाई समेत प्रहरीले पक्राउ गरेको छ । निमित्त प्रहरी प्रमुख अधिकारीका अनुसार बागमती प्रदेश ३-०३-००१ प ५११० नंम्बरको स्कुटरको खोजतलाशका क्रममा नम्बर परिवर्तन गरी प्रदेश २-०११-००२ प ६०२५ नंम्बर लगाई स्कुटरको रंग समेत परिवर्तन गर्ने बारा पर्सौनी १ घर भई भरतपुर २ बस्ने २७ बर्षीया पासवानलाई स्कुटरसहित पक्राउ गरीएको बताए । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।
उता, असार १४ गते राती साँढे आठ बजेको समयमा भरतपुर ५ बाट समेत चोरी गरी ल्याएको प्रदेश २-०३-००१ प ४०५६ नंम्बर लगाईएको मोटरसाइकल समेत नियन्त्रणमा लिन सफल भएको निमित्त प्रहरी प्रमुख अधिकारीको भनाई छ । यद्यपि, चोरी गरेको मोटरसाइकल नियन्त्रणमा लिएपनि चोरी गर्ने मानिस भने फरार रहेको र उनको खोजी कार्यलाई तीव्रता दिइएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्