Techie IT
आईतबार, वैशाख ७,२०८२

राजदूत शेर्पाका सम्बन्धमा छानबिन गर्न नेपाली काङ्ग्रेसको माग


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद भएको उल्लेख गर्नुभएको छ ।
राजदूतका बारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसले तत्कालै सो विषयमा आवश्यक छानबिन गर्न, छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लक्की शेर्पा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545