पत्रकारको पारिश्रमिक तत्काल दिन इमेज र जनता टेलिभिजनलाई प्रेस काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल दिन सञ्चार गृहसँग आग्रह गरेको छ । इमेज च्यानल टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन काउन्सिलले एक विज्ञप्तिमार्फत जोड दिएको हो ।
काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको मङ्गलबार बसेको बैठकले पारिश्रमिक नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो ।
यस विषयमा काउन्सिलमा उजुरीसमेत परेकोले अध्ययन भइरहेको र थप यथार्थ बुझ्न स्थलगत निरीक्षण पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्काशन गर्ने कार्य नगर्न÷नगराउन पनि काउन्सिलले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #इमेज च्यानल टेलिभिजन, #जनता टेलिभिजन, #प्रेस काउन्सिल नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्