Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनको माडीमा छोराको खुर्पा प्रहारबाट आमाको हत्या


चितवन । चितवनको माडीमा छोराको धारिलो हतियार प्रहारबाट आमाको मृत्यु भएको छ । आज सोमबार दिउँसो सवा तीन बजेको समयमा माडी नगरपालिका ६ स्याउलीबास बस्ने ३७ बर्षीया अर्जुन तामाङको धारीलो हतियारबाट आफ्नै आमा ५५ बर्षीया मायादेवी तामाङको मृत्यु भएको हो ।

आरोपित छोराले आमा मायादेवीलाई घर नजीकैको एक सय मिटर पर मकैबारीमा लगेर खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट उनको घट्नास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

आमाको हत्या गर्ने अर्जुनलाई भने ईलाका प्रहरी कार्यालय माडी चितवनले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545