एमालेले अझै बलियो र स्थापित हुँदै जानेछः पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै जनताको सपना एमाले रहेकाले एमाले आगामी दिनमा अझै बलियो र स्थापित हुँदै जाने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि लमजुङद्धारा सुन्दरबजारमा आज आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो कुरा बताएका हुन् ।
मुलुकको समृद्धि र हाल उत्पन्न भएको बेरोजगार, आर्थिक संकट देखि विविध कुराहरुको समाधन एमाले सरकारमा भएमा मात्र समाधान गर्न सक्ने उनको भनाई छ ।
तसर्थ देश समृद्र्ध बनाउनका लागि आगामी निर्वाचनमा जनताले एमालेलाई साथ दिनुपर्छ उनले भने । त्यस्तै,उनले आगामी संघीय र प्रदेश निर्वाचनमा लमजुङ एमालेको लाल किल्ला हुने दाबी समेत गरे ।
एमालेलाई जनताको साथ हुने र अन्य सबै दल मिल्दा पनि कसैको केही तागत चल्ने छैन, अनि मात्र देशले विकासको गति लिनेछ ।
त्यस्तै, उनले नेपालमा अब बाम एकताको औचित्य नभएको प्रष्ट पार्नुहुँदै माओवादीको औचित्य नरहेको र एसको कुनै भविष्य नभएकाले अब सबै एमालेमा समावेश भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनीहरु कांग्रेसको घोषणा पत्र लिएर हिडेर अब उनीहरु कम्युनिष्ट भइरहन सक्दैनन्, माओवादीहरुले विगतमा जे योगदान गर्यो अब उनीहरुलाई कम्युनिष्टको विरासत जोगाउने एउटा मात्र ठाउँ नेकपा एमाले होे उनले भने ।
उक्त कार्यक्रममा एमालेका केन्द्रिय सदस्य टुकाभद्र हमाल, जमिन्द्रमान घले, गण्डकी प्रदेश कमिटि सचिव धनञ्जय दवाडी लगायतले मन्तव्य राख्दै मुलुकलाई सही दिशामा लैजानका लागि एमालेले मात्र सक्ने भएकाले जनताले साथ दिन आवश्यक रहेका बताएका थिए ।
उक्त कार्यक्रममा सुन्दरबजारका द्धारिका मिश्र, रुद्धहरि ढकाल लगायत १०९ जना एमाले प्रवेश गरेका छन् ।
उनीहरुले सबै भन्दा राम्रो र देश र जनताको हितमा काम गर्न सक्ने पार्टी एमाले रहेको भन्दै एमाले प्रवेश गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्