Techie IT
आईतबार, वैशाख ७,२०८२

नारायणी अस्पतालद्वारा एक हजार ५ सय गरिबको निःशुल्क उपचार


वीरगन्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्जको नारायणी अस्पतालले एक हजार ५ सय भन्दा बढी गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।

अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ । चालु आवको असार १० गतेसम्म ५ सय भन्दा बढीको उपचार गरिएको डा. सिंहले बताउनुभयो ।

गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाखभन्दा बढी रकम हालसम्ममा खर्च भइसकेको सिंहले बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै नागरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहले दाबी गर्नुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नारायणी अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545