Techie IT
शनिबार, वैशाख ६,२०८२

छत्रेश्वरी गाउँपालिकालाई १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि


सल्यान । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिल्लाको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ ।

असार १० देखि १२ गतेसम्म छत्रेश्वरी गाउँपालिका–१ को भानुभक्त माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ३६ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिका उपाधि जित्न सफल भएको हो ।

छत्रेश्वरी गाउँपालिकाले १७ स्वर्ण, ११ रजत र ८ कांस्य जितेको छ । यस्तै ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित कुमाख गाउँपालिका दोस्रो भएको छ भने ४ स्वर्ण, ११ रजत र ११ कांस्य सहित दार्मा गाउँपालिका तेस्रो भएको छ ।

भलिबल, कबड्डी, कराँते, एथलेटिक्स लगायतका विभिन्न इभेन्टमा प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सात पालिकाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #राष्ट्रपति रनिङ शिल्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545