नेपालमा १२ जनामा हैजा पुष्टि

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जीवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको जनाकारी गराउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर दासले बाँकी ४ जना बिरामीको टेकु पाटन र बयोधा अस्पतालमा उपचार भइरहेको जानकारी बैठकलाई गराउनुभयो ।
बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जीवाणु भेटिएको जानकारी गराउनुहुँदै उहाँले नमुना परीक्षण गर्दा, बोरिङ, पम्प, जार र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी पनि प्रदूषित पाइएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाबाहेक पनि केही प्रदेशहरूमा नमुना परीक्षण भइरहेको उहाँले बताउनुभयो ।
डा. दासले सीमानाकामा भारतबाट आउनेहरूमा कोरोना परीक्षण सुरु गरिएको र उनीहरूमा कोरोनासँगै मलेरिया संक्रमण पनि भेटिएको जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, तिलबहादुर महत, जगतबहादुर विश्वकर्मा, अन्जना विशंखे लगायतले हैजाले महामारीको रूप लिन सक्ने भन्नुहुँदै सरकारी निकायसँगै नागरिकहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सरकारले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गर्नुपर्ने र कल्याणकारी राज्यको अवधारणाका आधारमा औषधिको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हैजा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्