Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवन प्रहरीको सक्रियता : पेस्तोलसहित एक जना पक्राउ


चितवन । चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर ६ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रहरी प्रमुख नरहरी अधिकारीका अनुसार आज (आइतबार) प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको टोलीले भरतपुर महानगरपालिका वर्डा नम्बर ८ घर भई हाल भरतपुर महानगरपालिका ५ मा डेरा गरी बस्ने ३२ बर्षीया प्रकाश बिकलाइ पक्राउ गर्न सफल भएको हाे ।

(डिएसपी) अधिकारीका अनुसार गत जेठ २३ गते भरतपुर महानगर ४ बाट कटुवा पेस्तोल सहित पक्राउ परेका दिपक पुन मगरमाथि हातहतियार खरखजना कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले सोही घटनामा फरार रहेका विकलाई आइतबार पक्राउ गर्न सफल भएकाे हाे ।

पक्राउ परेका विकको कोठामा प्रहरीले रितपुर्वक खानतलाशी गर्ने क्रममा एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, एक लाख चौध हजार रुपैयाँ नगद, सुनको लकेटसहितको सिक्री एक थान र पाँच थान मोवाईल समेत बरामद गरेको छ । पक्राउ परेका उनीविरुद्ध हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545