Techie IT
सोमबार, वैशाख ८,२०८२

तनहुँको भानुमा लागूऔषध सहित युवक पक्राउ


तनहुँ । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्रहरी निरीक्षक रमेश बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले हिजो (शनिबार) राती ८ बजेको समयमा भानु नगरपालिका ९ बडहरे बस्ने २६ वर्षीय योगेन थापालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका थापाको साथबाट प्रहरीले डाइजेपाम ९८, फेनरागन ९८, एम्पुल र नुफिन ९८ गरी २९४ एम्पुल लागूऔषध बरामद गरेको छ । विशेष सुराकीको आधारमा खटी गएको प्रहरीको टोलीले थापाको घर, कोठामा रितपुर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध फेला पारेको थियो ।

पक्राउ परेका उनीविरुद्ध लागूऔषध कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545