लोक सेवा आयोग विधेयक, २०७५ बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइरालाले) लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
यस्तै सभामा राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइरालाले)उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको थियो ।
छलफलमा भाग लिनुहुँदै सांसद्हरुले सरकारलाई परामर्श गर्न मुलुकमा धेरै प्रतिष्ठानहरू स्थापना भए पनि ती संस्थाको सुझाव र निर्देशनको व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै नीति अनुसन्धान प्रतिष्ठानले दिएका सुझावहरू कार्यान्वयन हुनेमा आशङ्का प्रकट गर्नुभएको थियो ।
जवाफमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइरालाले) नीति अनुसन्धान प्रतिष्ठान सरकारको नीति अनुसन्धान सँग सम्बन्धित प्रतिष्ठान भएकोले अन्य सङ्घ संस्था र प्रतिष्ठानभन्दा फरक भएको बताउनुभयो ।
यस्तै बैठकमा लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)” पेश भएको छ ।
यस अघि विशेष समयमा बोल्दै सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद्हरुले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने बेलासम्म पनि पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो ।
सांसद योगेश भट्टराईले अझै पनि कतिपय विद्यालयमा कक्षा ६ र ८का पाठ्यपुस्तक पुग्न नसकेको भन्दै नपुगेका विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पुष्पा भुसाल (गौतम) र रेखा शर्माले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद्द्वय भुसाल र शर्माले विगतका निर्वाचनमा प्रत्यक्ष तर्फ महिलाहरूको प्रतिनिधित्व गराउन दलहरूले कन्जुस्याइँ गर्ने गरेको भन्दै मिश्रित र समावेशी सिद्धान्त अङ्गीकार गरेको संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन गर्न माग गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #लोक सेवा आयोग विधेयक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्