Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौँ उपत्यकाका ९ स्थानमा हैजा संक्रमण पुष्टि


काठमाडौँ । काठमाडौँ उपत्यकाका ९ स्थानमा हैजा संक्रमण पुष्टि भएको छ ।

नैकाप र पाटनमा थप एक–एक जनामा हैजा देखिएसँगै संक्रमितको संख्या पनि १० पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट आउन बाँकी छ ।

नैकापका बिरामीमा भने कल्चर रिपोर्ट पनि पोजिटिभ आएको कार्यालयले जनाएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विज्ञहरुले सतर्कता नअपनाए महामारीकै रुपमा हैजा संक्रमण फैलन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #हैजा संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545