Techie IT
मंगलबार, वैशाख ९,२०८२

कास्कीको विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा


काठमाडौं । अविरल वर्षासँगै कास्कीको विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । पोखराको सुइँखेत डुबानमा परेको छ ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए ।

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ,’ उनले भने


क्याटेगोरी : समाचार
ट्याग : #अविरल वर्षा, #कास्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545