मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सीमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने २३ बर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका–४ की १९ बर्षीया सिरिसा सिंह महथा छन् ।
उनीहरूले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सीमा क्षेत्रबाट झापा बिर्तामोडकी १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजादै गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुवै जनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा समोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #मानव बेचबिखन, #मोरङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्