Techie IT
मंगलबार, वैशाख ९,२०८२

हेटौँडाको नगर सभा आइतबार १ बजे सम्मका लाग स्थगित


मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको नगर सभा आगामी आइतबार सम्मका लागि स्थगित भएको छ ।

शुक्रवारका लागि आव्हान भएको ११औँ नगरसभामा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि मेयर मीना कुमारी लामाले आइतबार १ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आज बिहान १० बजेका लागि आव्हान गरिएको नगर सभा नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरूले उपस्थिति नजनाएपछि बैठक बस्न नसकेको हो ।

९७ जना सदस्य रहेको नगर सभामा शुक्रवार ४० जनाले मात्रै उपस्थिति जनाएका थिए । गणपूरक सङ्ख्याको अभावमा बैठक बस्न नसकेको जानकारी गराउनुहुँदै नगर प्रमुख मीना कुमारी लामाले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउनुभयो ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी करिब २ अर्ब ७१ करोड ७९ लाख बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

यता बहुमत सदस्य रहेको एमाले संसदीय दलले नगर सभाका विषयमा जानकारी दिन ३ बजे एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #हेटौंडा उपमहानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545