Techie IT
आईतबार, वैशाख ७,२०८२

हैजा नियन्त्रणमा के गर्दैछ सरकार ?


काठमाडौँ । काठमाडौँमा हैजा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास छाएको छ ।

पछिल्लो ३ दिनमा ५ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्व रोकथामको कार्य नगरेको सरकरले हैजा देखिएसँगै सरकारले हैजा नियन्त्रणका लागि एक टोली बनाएर काम गर्न थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोलीलाई काम गर्न दिइएको छ ।

टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् ।

वुधबार परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको थियो । त्यसै क्षेत्रका परिवारमा हैजा संक्रमण पनि देखिएको थियो । यससँगै चिकित्सकहरुले पानीलाई उमालेर पिउन सुझाव दिएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #हैजा संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545