Techie IT
शनिबार, वैशाख ६,२०८२

चर्को मूल्य वृद्धिविरुद्ध प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने


काठमाडौँ। सरकारले गरेको चर्को मूल्य वृद्धिविरुद्ध प्रमुख विपक्षी नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने निर्णय गरेको छ ।

अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर एमाले जनसंगठन समन्वय संयन्त्रले जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको हो ।

संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले सरकार छोडेको एक वर्ष पनि नभइ तेलको मूल्य तेब्बरसम्म बढ्नुले जनतालाई सास्ती दिएको निष्कर्षसहित आन्दोलनका लागि संगठन परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूको पनि उपस्थिति थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545