२७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौँ । सरकारले २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ । पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।
सबै बालबालिकालाई विद्यालयमै खोप दिइने छ । दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ । यस्तै दोस्रो मात्रा भदाै २७ देखि असोज १ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाभाइरस, #कोरोनाविरुद्ध खोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्