Techie IT
आईतबार, वैशाख ७,२०८२

नजिकिदै गएको प्रदेश र संघको चुनाबमा महिलालाई अगाडि बडाउनुपर्छ :विद्वान गुरुङ


 नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती पर्वत द्वारा आयोजना गरिएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुलाइ बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ले कार्यक्रममा बोल्दै आउने चुनावमा महिलाहरू लाई अगाडि बडाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी भएको कारणले यहाँ केही मन मुटाव हुन सक्ने र येस्ता कुरा हरुलाइ आउने दिनमा सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवस्यकता रहेको भन्नुभयो । अहिले समय भनेको खेती पातीको समय रहदा रहदै पनि आफ्नो ब्यस्तताको बावजुद कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्ण पर्वतवासि महिला दिदी बहिनी एबम उपस्थित नेता तथा तरुण कार्यकर्ता हरलाई हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

आफुले देशभरिको तरुण दल कार्यसमितीलाइ परिपत्र गरि बर्षाको मौसममा हुन सक्ने क्ष्यतीको उद्धारमा खटिन निर्देशन दिएको बताउनुभयो ।उहाले तरुण हरु नेपाली जनताको सुख दुखमा सङै हातेमालो गरिहिड्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित स्थानिय तहको जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना एबम बधाइ दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #विद्वान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545