शेरबहादुर देउवा र महामन्त्रीद्वय बिच भेट

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो । भेटमा महामन्त्री द्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
“एसपिपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर सहभागी नहुन आग्रह गर्यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भन्नुभयो ।
महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । “छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भन्नुभयो । यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।
उहाँहरूले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्