Techie IT
शनिबार, वैशाख ६,२०८२

साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा भारी गिरावट


काठमाडौँ।  शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन ।

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भारी गिरावट आएको छ ।

आजको दिनमा ४९.३१ ले ओरालो लाग्दै नेप्से १८८४.८१ को बिन्दुमा झरेको छ ।

कारोबार रकम भने केही बढेको छ । सोमबार विभिन्न कम्पनीका ६१ लाख ८६ हजार कित्ता किनबेच हुँदा करिब एक अर्ब ७५ करोडको कारोबार भएको छ ।

सोमबार अधिकांश कम्पनीले गुमाएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545