Techie IT
आईतबार, वैशाख ७,२०८२

एसपीपी फिर्ता लिनेबारे छलफल भएको छैनः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) फिर्ता लिनेबारे छलफल नभएको बताएका छन् ।

उनले सत्तारुढ गठबन्धनको बैठकमा यसबारे छलपल नभएको बताएका छन् ।

आइतबार सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् ।

गठबन्धनको छलफलमा प्रधानमन्त्री देउवाले आफूहरुसँग राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन’ उनले भने, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

एसपीपीको विषयमा अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताए ।

त्यस्तै, उनले सेनाले अमेरिकालाई पत्र पठाउनु ठीक थियो कि थिएन भनेर छलफल हुनुपर्ने बताए ।

‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ अध्यक्ष नेपालले भने ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545