पूर्व नायब सुब्बा भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोडको भ्रष्टचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व नायब सुब्बा भीमकान्त भण्डारीविरुद्ध करिब सवा ६ करोडको भ्रष्टचार मुद्दा दायर गरेको छ ।
आयोगले भण्डारीले पदमा रहँदा अकुत सम्पत्ति हासिल गरेको भन्दै काठमाडौँ विशेष अदलतमा शुक्रबार मुद्दा दायर गरेको हो ।
तिनै भण्डारीको नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरुसँग कनेक्सन रहेको खुलेको छ ।
यसरी हेर्दा उनले तीन नेताहरुकै आडमा करोडौँको अकुत सम्पत्ति कमाएको देखिएको छ ।
भण्डारीले त्यसरी गैरकानुनी रुपमा कमाएको सम्पत्तिबारे खुलेसँगै माओवादी नेताहरको कनेक्सन छताछुल्ल भएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) भण्डारीले स्रोत नखुलेको ६ करोड २४ लाख रुपैयाँ सम्पत्ति देखिएको थियो ।
अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ ।
चार वर्षको सरकारी जागिरको समयमा भण्डारी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।
वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए ।
भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेका हुन् । अख्तियारले सो सम्पत्ति जफतको माग गर्दै मुद्दा दायर गरेको हो ।
भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जनाएका छन् ।
अख्तियारका अनुसार नासू भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ ।
उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा कार्यरत रहे पनि जागिरको धेरै समय मन्त्रीको स्वकीय सचिवकै रूपमा सिंहदरबारमा बिताएका थिए ।
भण्डारीलाई काजका रुपमा सिंहदरबार ल्याइएको खुलेको हो । त्यही समय नै भण्डारीका लागि अकूत सम्पति आर्जन गर्ने सुनौलो अवसर बनेको खुल्न आएको छ ।
उनी स्वकीय सचिव हुँदा नै विचौलिय तथा ठेक्काका विषयमा सेटिङ गरेर अकुत सम्पत्ति हासिल गरेको खुलेको छ ।
माओवादी केन्द्रका चार मन्त्रीको स्वकीय सचिव रहँदा अकुत सम्पति आर्जन गर्न सफल भएपछि ती नायब सुब्बाले जागिर खाएको चार वर्षमा नै राजीनामा दिएर व्यापार गर्न थालेका समेत तथ्य उजागार भएको छ ।
उनले ललितपुर कुपण्डोलमा विध ल्याब खोलेर मेडिकल व्यापार गर्दै आइरहेका थिए । ठूलाठूला व्यापारीसँग कनेक्सन रहेको उनलाई माओवादीभित्र सेटिङ मिलाउने खेलाडीका रुपमा चिनिन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #भ्रष्टचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्