Techie IT
बुधबार, वैशाख १०,२०८२

जिसस नवलपुरमा एमाले विजयी


कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी हुनुभएको छ ।

जिल्ला समन्वय समितिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति नवलपरासी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545