Techie IT
आईतबार, वैशाख ७,२०८२

संविधानप्रति प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको भीम रावलको आरोप


काठमाडौँ। नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको बताएका छन् ।

रावलले आफूले समेत हस्ताक्षर गरेर बनाएको संविधानप्रति प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाए ।

आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।

बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’ नेता रावलले प्रधानमन्त्री देउवा संसदबाट भागरे गल्ती ढाकछोप गर्न लागेको बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545