Techie IT
सोमबार, वैशाख ८,२०८२

दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे अनुसन्धान शुरू


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए ।

उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।” भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए ।

भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक-जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए । लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ, आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545