Techie IT
आईतबार, वैशाख ७,२०८२

चौतर्फी विरोधपछि जोर बिजोर प्रणाली हट्यो


सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा मंसिर ६ गते बिहिबार देखि लागू गरेको जोर बिजोर प्रणाली हटाएको छ ।

एशिया प्यासेफिक सम्मेलनलाई लक्षित गर्दै चार दिनको लागि घोषण गरेको जोर बिजोर प्रणालीको चौतफी विरोध आएपछि आज शुक्रबार साढे ११ बजे देखि हटाउने भएको हो ।

सर्वसाधारण जनताले दुख पाएको भन्दै चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्मेलनलाई लक्षित गर्दै विशिष्ट अतिथिको आवागमन सहज बनाउन मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #जोर बिजोर प्रणाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545