सरकारी सेवा प्रवाहलाई छिटो,छरितो र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी सेवा प्रवाहलाई छिटो,छरितो र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।
धनगढीमा उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जनताको काम प्रभावकारी रुपमा चाँडै गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरू प्रदेशमा जान नचाहेको सङ्घमा बस्न चाहेको भन्दै सबै कर्मचारीलाई समान अवसर दिइने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुक सङ्घीयतामा गएपछि स्रोतसाधन र शक्ति विकेन्द्रीकरण भएको भन्नुहुँदै विकास र समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले चाँडै प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि बढाइने बताउनुभयो ।
सीमावर्ती मोहना नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने र गौरीफन्टा नाकालाई थप सहज बनाइने उहाँले बताउनुभयो ।
सुदूरपश्चिमको विकासका लागि आफूले सदैव प्राथमिकता दिएको भन्नुहुँदै उहाँले कर्णाली वारी २२ वटा पुल निर्माण भएको र पुल निर्माणपछि अहिले आवतजावतमा निकै सहज भएको बताउनुभयो ।
नगरको सुन्दरतासँगै विकासका लागि अतिक्रमणलाई रोक्नु पर्ने बताउनु हुँदै उहाँले धनगढी उपमहानगरपालिकाको विकासका लागि सरकारको सहयोग रहने बताउनुभयो ।
समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको सडक पूर्वाधारका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै प्रदेशका उत्तर–दक्षिण जोड्ने फाष्टट्रयाक निर्माण, पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले धनगढीको डुबान ढल निकास, गेटा मेडिकल कलेज सञ्चालन, गौरीफन्टा नाकालाई कैलाली प्रशासनको मातहतमा ल्याउन माग गर्नुभयो ।
धनगढी उपमहानगरपालिका उप–प्रमुख कन्दकला रानाले स्वागत मनतब्य राख्नु भएको समारोहमा मन्त्रीगण, जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
सङ्घीय सरकार र धनगढी उपमहानगरपालिकाको ७ करोड २३ लाख ४५ हजार लागत साझेदारीमा निमार्ण सम्पन्न भएको धनगढी उपमहानगरपालिका प्रशासनिक भवन बेसमेन्ट सहित ५ तल्ले रहेको छ । भवनमा ३५ वटा कोठा रहेका छन् । भवन संचालनमा आएसंगै उपमहानगरपालिका कार्यालयबाट हुने सेवा प्रवाहमा थप सहजता हुने छ । २०७५ सालमा निमार्ण सुरु भएको उपमहानगर प्रशासनिक भवनको निर्माण कार्य २०७८ सालमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्