बृद्धबृद्धालाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले घरमै पुगेर बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण सुरु गरेको छ । यहाँका ८० वर्ष उमेर नाघेका बृद्धबृद्धाहरुलाइ नगरपालिकाले घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिन सुरु गरेको हो ।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राख्दै आएको नगरपालिकाले ८० बर्ष नाघेका बृद्धबृद्धाहरुको स्वास्थ्य रक्षाका लागी घरमै पुगेर सेवा सुरु गरेको छ ।
स्वाथ्यकर्मीले उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, र मधुमेह, उच्चरक्तचाप तथा अन्य रोगको समेत परीक्षण गरेको नगरपालिकाले जनाएको छ ।
सामान्य देखी गम्भीर अवस्थासम्म रहेका तथा नियमित स्वास्थ्य जाँचका लागि अस्पतालसम्म जान नसक्ने बृद्धबृद्धाहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले बताए ।
नगर प्रमुख सापकोटाका अनुसार स्थानीय सरकार बृद्धबृद्धाको अभिभावक रहेकोले उनीहरुको स्वास्थ्य सुरक्षाका लागी रत्ननगर नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनलेे शिक्षा र स्वास्थ्य नगरपालिकाको विशेष प्राथमिकतामा रहेको बताउँदै यसलाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताए ।
नागरिकको स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको बताउँदै स्वास्थ्यकर्मीलाइ परिचालन गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचारका लागी टोली खटाएको उनको भनाइ छ ।
उनका अनुसार अब कोही जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिले घण्टौ हिँडेर स्वास्थ्य चेकजाँच गर्न जानु नपर्ने बताए । नगरपालिकाबाट स्वास्थ्य प्रमुख माधव पौडेल सहित अनमीलाई खटाइएको छ ।
रत्ननगर नगरपालिकाले जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रमले अब स्वास्थ्य सेवाका लागी अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ भने सरकारको गाउँगाउँमा सिहंदरबारको नारालाई समेत सार्थकता दिएको छ ।
क्याटेगोरी : राजनीति, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्