हवाई क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री आले

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रपनि आशालाग्दो देखिएको बताउनुभएको छ ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको र यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बताउनुभयो ।
मन्त्री आलेले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको भन्दै त्यसका लागि आवश्यक कानुन, कार्यविधि र संस्थागत पुनर्संरचनाको कार्य सुरु गरिएको बताउनुभयो ।
सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले भूकम्प प्रभावित ९ सय २० वटा सम्पदामध्ये हालसम्म ५ सय ८३ वटा सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा ७ सय वटा सम्पन्न भइसक्ने भन्दै सम्पन्न हुन बाँकी सबै सम्पदाको काम आगामी दुई वर्षभित्रमा सकिने गरी अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेमबहादुर आले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्