Techie IT
सोमबार, वैशाख ८,२०८२

मिल्ने छ शान्ति नछाड्नु कहिले त्यो पापी दुष्टलाई


उत्तम ढकाल प्रहरी जवान ।  सम्जना छ है सर अनि ब्याजि सब जना ईष्टलाई
मिल्ने छ शान्ति नछाड्नु कहिले त्यो पापी दुष्टलाई

यो छोटो जीवन दुख र कष्ट सबै थोक भेटियो
ज्यान हाजिर गरे जनताको लागि जन्तैले रेटियो

लेखान्त आखिर भोग्नु नै पर्ने कस्ले के दियो र
डिउटी आए म निर्दोष प्रहरी के गल्ती थियो र

ज्यान गयो मेरो सब जान उसको लागेछन खोजिमा
भत्कियो सपना अस्तायो जिन्दगी कात्त्रो छ गोजिमा

डिउटीमै थिए झुक्याई मलाई आपतमा पारियो
दर्दनाक पीडा रुवाई मलाई रेटेर मारियो

म निर्दोष प्रहरी नमिले न्याय आत्माले सराप छ
जोगिएर डिउटी गर है साथि समय खराब छ


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #उत्तम ढकाल, #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545