Techie IT
बुधबार, वैशाख १०,२०८२

प्रमुख प्रतिपक्षी दल एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

एमालेले करका दर हेरफेरमा अनाधिकृत संलग्न रहेको र करका दरमा नीतिगत भ्रष्टाचार भएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा गरेको छ ।

एमालेले सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रष्ट नभएसम्म सदनको कारवाही अघि नबढाउन सभामुखलाई आग्रह गरेको हो ।

प्रतिनिधिसभाको मंगलबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेका थिए । एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताए ।

पाण्डेले स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रष्ट जवाफ माग गरे ।

पाण्डेले धेरै गम्भीर प्रश्न उठेकाले अर्थमन्त्री पदमा बस्न लायक नरहेको भन्दै संसदलाई जवाफ नआएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने बताए ।

पाण्डेले यस विषयमा प्रधानमत्रीको समेत जवाफ माग गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545