Techie IT
सोमबार, वैशाख ८,२०८२

अनिल परियार “कान” को हत्यामा संलग्न तीन जना पक्राउ


भरतपुर । नेपाली कांग्रेसका कार्यकर्ता अनिल परियार “कान” को हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने ३५ वर्षीय विश्व भनिने हेमन्त बास्तोला, भरतपुर १२ का २३ वर्षीया राहुल परियार र माडी नगरपालिका घर भई हाल भरतपुर १५ मा डेरा गरी बस्ने २५ वर्षीया रोहित सिलवाल रहेका छन् ।

बास्तोला र सिलवाललाई काठमाडौँ र परियारलाई चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरू उपर कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न अन्य केहीको प्रहरीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।स्थानीय तह निर्वाचनको माहोल उत्कर्षमा रहेका बेला वैशाख २५ गते भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।

परियार केही आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति थिए । उनी ज्यान मार्ने उद्योगमा एक वर्षअघि मात्रै छुटेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545