Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनको राप्तीबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ


चितवन । पुर्वी चितवनको राप्तीबाट प्रहरीले प्रतिबन्धित लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक कुमार गुरुङको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (बुधबार) बेलुकी ६ बजेको समयमा राप्ती नगरपालिका ५ स्थित भण्डारा बजारबाट लागूऔषध सहित राप्ती नगरपालिका १ नयाँबस्ति बस्ने २९ बर्षीया एकराज तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट प्रहरीले
नाईट्राभेट- ६०० ट्याबलेट, फेनेरागन-४९ (पिस) , नुरफिन -४९ पिस) , डाईजापाम-४९ पिस बरामद गरेको छ । बरामद गरिएको लागूऔषध सहित उनलाई थप आवश्यक कार्वाहीको लागी आज (बिहीबार) सम्मानित चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाईं छ ।

उनी विरुद्ध लागूऔषध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545