Techie IT
सोमबार, वैशाख ८,२०८२

भरतपुरबाट पेस्तोलसहित एक जना पक्राउ


चितवन । चितवनको भरतपुरबाट सोमबार पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर ६ बस्ने ४० बर्षीया दिपक पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी सवार ना ४५ प २७१ नम्वर २२० सिसीको मोटरसाईकललाइ भरतपुर महानगरपालिका वडा नंम्बर ४ सृष्टीचोकस्थित रामपुर चौविसकोठी सडकखण्डमा चेकजाँच गर्ने क्रममा नलकटुवा पेस्तोल बरामद गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले बताए । पक्राउ परेका उनी विरुद्ध हात हतियार तथा खरखजाना कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

चितवनको प्रहरी प्रमुखको रूपमा (एसपी) नवराज अधिकारीले जिल्लाको नेतृत्व सम्हालेपछि पछिल्लो समय चितवनमा सवारी चेकजाँच कडाइ भइरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545