भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

बैतडी – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो ।
शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कताअनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारी छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उहाँको भनाइ थियो ।
यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा सङ्क्रमण देखिएकामा हालसम्म ६३३ जनाको ज्यान गइसकेको जनाइएको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #कोरोना सङ्क्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्