Techie IT
मंगलबार, वैशाख ९,२०८२

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत


जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि तयार पारेको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

मुख्यमन्त्री निवास मधेस भवनमा आज बसेको मधेश प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको लागि तयार पारेको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्ले स्वीकृत गरेको नीति तथा कार्यक्रम भोलिका लागि तय भएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकार बनेपछिको पाँचौँ वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने कार्य सम्पन्न भएपछि प्री बजेट र त्यस लगतै असार १ गते प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारको बजेट प्रस्तुत गर्नु हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #मधेश प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545