तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत

तनहुँ । गण्डकी प्रदेश प्रहरी कार्यालयले तनहुँ जिल्लाका प्रहरी प्रमुख (एसपी) राजेन्द्र बाबू रेग्मीलाई नगदसहित पुरस्कृत गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै गण्डकी प्रदेश कार्यालयले उनलाई नगदसहित अभिलेख किताबमा जनिने गरी पुरस्कृत गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका (डिआइजी) दिवेश लोहनीले पुरस्कृत भएका प्रहरी प्रमुख रेग्मीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगद १५ सय रुपैयाँ सहित पुरस्कृत गरिएको बताए ।
प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको जनाएको छ ।
अपराध नियन्त्रणमा कठोर रूपमा उत्रिने एसपी रेग्मीले मंसिर ९ गतेदेखि तनहुँ प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न पाएका थिए । ६ महिनाको अवधीमा उनलेे शान्तिसुरक्षा नियन्त्रण र अपराध सुरक्षामा कसैसँग सौदाबाजी गरेनन् ।
विभिन्न घटनमा संलग्न व्यक्तिहरुलाई तत्काल कार्वाहीको दायरा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलेे तनहुँ व्यास नगरपालिका ११ स्थित रानी गाउँमा भएको हत्याकाण्डमा संलग्न रहेका अभियुक्तलाई २४ घण्टाको अवधिमा पक्राउ, अभिनेता पल शाह पक्राउका क्रममा निम्तिएको असहज परिस्थितिलाई काबुमा राखी सुरक्षालाइ नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्