गठबन्धन टुट्दैन :प्रकाशशरण महत

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनले निरन्तरता दिने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनकै कारण स्थानीय निर्वाचनमा सकारात्मक परिणाम आएको बताउनु भयो ।
‘गठबन्धनले आगामी निर्वाचनसम्म पनि निरन्तरता हुन्छ, सहकार्य हुन्छ ।’उहाँले भन्नुभयो । गठबन्धनमा राम्रो तालमेल भएकै कारण स्थानीय निर्वाचनमा सफल परिक्षण भएको बताउनु भयो । ‘यस निर्वाचनबाट सबैको दृष्टिकोण र सबै सन्तुष्ट भएको कुरा स्पष्ट छ । ’उहाँले भन्नुभयो । गठबन्धनकै कारण काँग्रेस र माओवादी केन्द्र दुबैलाई फाइदा भएको उहाँको भनाई थियो ।
प्रचण्डले हालै मात्रै दिनुभएको अभिव्यक्तिको विषयमा पत्रकारलाई जवाफ दिदैं उहाँले प्रचण्डले दिएको अभिव्यक्तिले खासै फरक नपार्ने बताउनुभयो । ‘उहाँले प्रशिक्षणका क्रममा कार्यकर्ता वर्कसलाई एडजष्ट गर्ने क्रममा भन्नुभयो होला, डाक्टर महतले भन्नुभयो, कहिले कांँही यस्ता अभिव्यक्ति आउने गर्छन् ।’
काँग्रेस जितेर आउँदा मात्तिने हार्दा मात्तिने पार्टी नभएको भन्दै काँग्रेस अहङ्कारको बाटोमा नहिँड्ने बताउनु भयो । ‘हामी वास्तविकताको धरातलमा उत्रिएर राजनीति गर्छौँ, उहाँले भन्नुभयो, अहङ्कार काँग्रेसको चरित्र र विशेषता भित्र पनि पर्दैन । एमालेको नेतृत्व जस्तो काँग्रेस अहङ्कारको बाटोमा हिँड्छ भन्ने छैन ।’
गठबन्धनको बैठकमा सार्वजनिक भएको विषय र लिखित रुपमा आएका विषयले मात्र अर्थ राख्ने उहाँको भनाई थियो । ‘जे नेतृत्व तहमा सहमति बनेको छ । त्यही अनुसार उहाँहरू पनि प्रतिबद्ध हुनुपर्छ । व्यवहारमा पनि प्रतिबद्ध हुनु पर्छ । हामी पनि त्यसमा प्रतिबद्ध छौ ।’ उहाँले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रकाशशरण महत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्