रवी र बेनिशाको सुन माया बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं–गायक रवी ओड र गायिका बेनिशा पौडेलको स्वरमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।
गरिमा फिल्मसले निर्माण गरेको भिडियोको देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा शुभम आचार्य र योगिशा खत्री फिचर्ड छन् । भिडियोमा उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।
गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए । उनले भने, ‘प्रायः म्यूजिक भिडियोमा उमेर पुगेका कलाकारहरुले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवायुवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’
निर्देशक पान्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवायुवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवायुवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनोट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उनले भने ।
त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुची रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुशी व्यक्त गरे । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी महसुस भएको बताइन् । भिडियोमा उनीहरुको नृत्य गर्ने शैली र एक्सप्रेसन आकर्षक छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #रवी ओड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्