संस्कृत मावि तान्द्राङ गोरखामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

संस्कृत माध्यमिक विद्यालय भिमसेनथापा–३, तान्द्राङ गोरखामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भिमसेनथापा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा प्राप्त स्वीकृत कार्यक्रम अन्तरगत विद्यालयको घेराबार तथा खेल मैदानमा ब्लक लगाउने कार्यक्रमको लागि रु. ८ लाख प्राप्त भएको र विद्यालयको आफ्नै स्रोत १ लाख ६४ हजार ७१ रुपैँयाबाट निर्माण सम्पन्न भएको योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेले योजनाको आम्दानी खर्च प्रस्तुत गर्दै निर्माण सामाग्री खरिद रु. ३ लाख ८१ हजार ५ सय ५१, घेराबार सामाग्री रु. १ लाख १९ हजार ५ सय ९९ रुपैँया, स्टोन डस रु. २७ हजार १ सय २०, निर्माण ज्याला ४ लाख २९ हजार ५ सय र व्यवस्थापन खर्च रु. ६ हजार ३ सय गरी ९ लाख ६४ हजार ७१ को आम्दानी खर्च प्रस्तुत गर्नुका साथै सरोकारवालाहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केशरी प्रसाद खनाल लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्