खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ ।
टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुग्नुभयो । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो ।
माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो ।
सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउनुहुन्छ । “यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो”, उहाँ भन्नुहुन्छ । सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।
हाल गोँगबु–कपुरधारा–लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् ।
शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका–२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउनुहुन्छ ।
“विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ”, उहाँ भन्नुहुन्छ, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने हुने गरेको बताउनुहुन्छ । “उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ”, उहाँ भन्नुहुन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौँ उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोँगबु–लैनचौर सडक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्