Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आजपनि जारी


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी छ ।

बैठकमा सांसदहरुले बजेट स्वागत योग्य रहेको भन्नुहुँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगन थापाले यो बजेटले स्पष्ट र उपयुक्त गति समातेको बताउनुहुँदै बजेटले विद्युतीय चुल्होमा छुट, आयकर छुट, तलब वृद्धि, निजी क्षेत्रको विषयलाई सम्बोधन लगायतले नागरिकको आत्मविश्वास बढाएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले यो बजेट वितरणमुखी भएको र सीमाको समस्यालाई समेत सम्बोधन नगरिएको  टिप्पणी गर्नुहुँदै बजेट कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरलेले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्नुहुँदै स्वास्थ्य र शिक्षाको गुणस्तरमा सुधार गर्ने योजना स्वागयोग्य भएको बताउनुभयो ।

बैठकमा सांसदहरुले चुनाव केन्द्रित बजेट भएको र कार्यान्वयनमा चुनौती हुन सक्ने भन्दै  बजेटको आकार ठुलो भएकाले स्रोत व्यवस्थापन कसरी गर्ने, स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभाको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545