जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन्: नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको बताएका छन् ।
उनले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ।
प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’
सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रीजाल,बाग्मति प्रदेश सदस्य सबिन तामाङ ,तार्केस्बर नगरपालिका उपमियर शिर्जन बुर्लाकोटी,महाधिवेशन प्रतिनिधि शुशिल भट्ट लगायतका नेताहरूले कार्यक्रममा धारणा राखेको कार्यक्रम का सभापति नबिन फुयालले जानकारी दीए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्