Techie IT
सोमबार, वैशाख ८,२०८२

चितवनका प्रहरी प्रमुख नवराज अधिकारी नगदसहित पुरस्कृत


चितवन । बागमती प्रदेश प्रहरी कार्यालयले चितवन जिल्लाका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीसहित १० जिल्लाका प्रहरी प्रमुखहरुलाइ नगद सहित पुरस्कृत गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिआइजी पूजा सिंहले पुरस्कृत भएका प्रहरी प्रमुखहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताए ।

हेर्नुहोस : प्रदेश प्रहरी कार्यालयको पत्र

प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उनको भनाई छ ।

प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा चितवन जिल्लाका प्रहरी प्रमुख नवराज अधिकारी सहित मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा तथा सिन्धु्पाल्चोकका प्रहरी प्रमुख रामेश्वर प्रसाद यादव, सिन्धुलीका प्रहरी प्रमुख विमलराज कँडेल, नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाह, धादिङका प्रहरी प्रमुख राकेश सिंह र काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी रहेका छन् । उनीहरुलाई जनही एक हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको हो ।

यस्तै, रसुवाका प्रहरी प्रमुख कुलदीप चन्द, रामेछापका प्रहरी प्रमुख राजकुमार थिङ र दोलाखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेललाई पनि जनही एक हजार पाँच सय रुपैयाँ नगदसहित अभिलेख किताबमा जनिने गरी पुरस्कृत गरिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545