Techie IT
आईतबार, वैशाख ७,२०८२

सुर्यबिनायक नगरपालिकाले नक्सा र निर्माण निरिक्षण निशुल्क गर्ने


भक्तपुर । भुकम्प पछिको पुननिर्माणलाइ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि सुर्यबिनायक नगरपालिकाले नक्सा निर्माण र निरीक्षण समेत निशुल्क गर्ने निर्णय गरेको छ । भुकम्प प्रतिरोधात्मक प्रबिधीको प्रयोग र भवन निर्माण सहिताको समेत पालना गर्दै आवासीय भवन निर्माणमा निशुल्क गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताउनुभएको छ ।
श्री उपत्यका स्वतन्त्र निर्माण ब्यबसायी संघले ३ स्थानमा कार्यालय स्थापना गरि सेवा सुरु गरिने पनि तिम्सिनाले बताउनुभएको छ । नगरपालिकाको यो निर्णयले पुननिर्माण प्रभावकारी र ब्यबस्थित हुने नगरप्रमुख बासुदेब थापाले बताउनुभयो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545