बुढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित हुनुभएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बुढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको हो ।
नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रीता दाहाल, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहनुभएको छ ।
यस्तै, तीन दलित एवं अल्पसङ्ख्यक सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।
अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामा विजयी हुनुभएको थियो ।
यस्तै, बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । बुढानीलकण्ठमा १३ वडा छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्