Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेबाट देशभर ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित


काठमाडौं । नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा ८२, अध्यक्षमा १२३, उपप्रमुखमा ११३, उपाध्यक्षमा १२६, वडाध्यक्षमा २ हजार १२९, महिला सदस्यमा २ हजार ३४३, दलित महिला सदस्यमा २ हजार २८७ र सदस्यमा ४ हजार ६८० जना एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #स्थानीय तह निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545