नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार बजेट अगाडि भने करेक्सन भएको हो । शुक्रबार १५.८२ अंकले घटेको बजार २२२३.७८ विन्दुमा झरेर रोकिएको छ ।
बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार कारोबार रकम १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको भएको छ । होटल र पर्यटनबाहेक अन्य उपसमूह भने राताम्य रह्यो ।
शुक्रबार रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोसहितका कम्पनीको सेयर मूल्य समेत बढेको छ ।
यस दिन दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ३.७५ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ । हिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्